Notices
Tuesday, 12 May 2026
कृषि डिप्लोमा (बाली विज्ञान) कार्यक्रममा भर्ना सम्बन्धी सूचना
गुरु जजुर माध्यमिक विद्यालय मा तुल्सीपुर ४ रक्षाचौर दाङमा CTEVT अन्तर्गतको तीन वर्षे कृषि डिप्लोमा बाली विज्ञान कार्यक्रममा भर्ना खुल्यो। यस कार्यक्रममा अध्ययन गर्न चाहनुहुने प्रशिक्षार्थीले अनलाइन आवेदन मार्फत भर्ना गर्नुपर्ने प्रावधान रहेकाले इच्छुक महानुभावले विद्यालयको कृषि कार्यालयमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं।
अनलाईन आवेदन फाराम भर्ने तथा बुझाउने सम्बन्धीः
(१) आवेदन फाराम शुल्क : १,०००। (रु. एक हजार मात्र)
(२) अनलाइन फाराम खुल्नेमिति : २०८३ बैशाख २९ गते मंगलवार देखि ।
(३) अनलाइन फाराम बन्द हुनेमिति : २०८३ जेठ १३ गते बुधवार राती ११:५९ बजेसम्म
(४) अनलाइन फाराम सम्वन्धमा : अनलाइन आवेदन फाराम www.ctevtexam.org.np मा उपलव्ध गराइएको ITMS Online मा भरी Submit गर्नुपर्नेछ ।
भर्नाका निम्ति न्यूनतम GPA: 1.6
अनलाइन आवेदन गर्दा संलग्न गर्नुपर्ने कागजातहरु :
अनलाईन आवेदन फाराम आवेदक स्वयंले वा सम्वन्धित शिक्षण संस्थाले भर्न/भराउन सक्नेछ। अनलाईन आवेदन फाराम भर्दा उम्मेद्वारले पूर्ण शुल्कीय (खुल्ला, लक्षित) कोटामा तल उल्लेख भए बमोजिमका कागजातहरूको सक्कलबाट Scan गरी Online Upload गर्नु पर्नेछ। तोकिए बमोजिमका कागजातहरु Online Upload नगरेमा आवेदन फाराम स्वतः रद्द हुनेछ। कागजातहरु Upload गर्दा सक्कल कागजातबाट Scan गरी Upload गर्नुपर्नेछ। क्अबल गरी पेश गरेका कागजातहरूको सक्कल प्रति शिक्षालयमा भर्नाको समयमा अनिवार्य पेश गर्नु पर्नेछ।
(क) स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइज (35mm*45mm) को फोटो।
(ख) एस.एल.सी. वा प्राविधिक एस.एल.सी (प्रि–डिप्लोमा)वा एस.ई.ई. वा सो सरहको शैक्षिक योग्यताको लब्धांकपत्र र प्रमाणपत्रको सक्कलबाट Scan गरीएको प्रति।
(ग) जन्म दर्ता/नेपाली नागरिकता प्रमाणपत्र सक्कलबाट Scan गरिएको प्रति।
(घ) आफु पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सक्कलबाट Scan गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ।
थप जानकारीका लागि विद्यालयकाे Agriculture Entrance Help Desk मा सम्पर्क गर्नुहाेला