Gurujajur Secondary School

Gurujajur Secondary School

Technical Education in Community School

परीक्षा फाराम बुझाउने सम्बन्धी सूचना

All Notices
Notices Tuesday, 16 June 2026

परीक्षा फाराम बुझाउने सम्बन्धी सूचना

डिप्लोमा वार्षिक तथा सेमेस्टर कार्यक्रमका लागि परीक्षा फाराम बुझाउने सम्बन्धी सूचना !!!

परीक्षार्थीहरुले सम्वन्धित शिक्षालयमा परीक्षा आवेदन फाराम बुझाउने मिति २०८३।०३।०३ गते देखि मिति २०८३।०३।२३ गते दिनको ३:०० बजे सम्म

बार्षिक परीक्षा प्रणालीका कार्यक्रमहरुको हकमा नियमित तर्फ प्रति विद्यार्थी रु.२,५०० र बिलम्ब शुल्कमा प्रति विद्यार्थी नियमित परीक्षा शुल्कको दोब्वर दस्तुर बुझाउनु पर्नेछ ।

सेमेष्टर परीक्षा प्रणालीका हकमा नियमित तर्फ रु २,००० र बिलम्ब शुल्कमा
प्रति विद्यार्थी नियमित परीक्षा शुल्कको दोब्वर दस्तुर बुझाउनु पर्नेछ ।

साथै नियमित शुल्कको समय भित्र ITMS Onlineमा
परीक्षार्थीहरुको आवेदन फाराम Entry नगरेमा विलम्व शुल्क समेत लाग्नेछ ।

आंशिक परीक्षार्थीको हकमा आवेदन फाराम वापत रु ४०० र प्रति सैद्धान्तिक वा प्रयोगात्मक विषयको लागि परीक्षा शुल्क रु. ४००।– र बिलम्व शुल्क प्रति विद्यार्थी तोकिएको शुल्कको दोब्वर दस्तुर बुझाउनु पर्नेछ ।