Gurujajur Secondary School

Gurujajur Secondary School

Technical Education in Community School

CTEVT डिप्लोमा कृषि (बाली विज्ञान) कार्यक्रमको नतिजा प्रकाशन तथा भर्ना सम्बन्धमा

All Notices
Notices Sunday, 31 May 2026

CTEVT डिप्लोमा कृषि (बाली विज्ञान) कार्यक्रमको नतिजा प्रकाशन तथा भर्ना सम्बन्धमा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा मिति २०८३ साल बैशाख २८ गते प्रकाशित सूचनाअनुसार यस शिक्षालयको डिप्लोमा कृषि (बाली विज्ञान) कार्यक्रमको भर्नाका लागि अनलाइन माध्यमबाट आवेदन फाराम भर्नुभएका आवेदकहरूको नतिजा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् परीक्षा नियन्त्रण कार्यालयको सूचना तथा परीक्षा सम्बन्धी विनियमावली, २०८३ को विनियम ६ बमोजिम प्रकाशन गरिएको छ।
मुख्य सूचीमा नाम प्रकाशित भएका उम्मेदवारहरूलाई यो सूचना प्रकाशित भएको मितिले १० (दश) दिनभित्र आवश्यक कागजातसहित भर्ना प्रक्रिया सम्पन्न गर्न अनुरोध गरिन्छ।

भर्ना हुनका लागि आवश्यक कागजात:
✓ नागरिकता वा जन्मदर्ताको प्रतिलिपि २ प्रति
✓ अनलाइन आवेदन फाराम भर्दा प्रयोग भएको पासपोर्ट साइजको फोटो ३ प्रति
✓ SLC/SEE का सम्पूर्ण प्रमाणपत्रहरूको प्रतिलिपि २ प्रति

थप जानकारीका लागि: ९८६८९९७८७८, ९८४५८४६८२०, ९८४७८५२६६६