लैङ्गिक अभिमुखीकरण कार्यशाला
दाङको तुल्सीपुर उपमहानगरपालिका वार्ड नं ४ स्थित गुरुजजुर नमुना माध्यमिक विद्यालयमा लैङ्गिक अभिमुखीकरण कार्यशाला सम्पन्न भएको छ। उपमहानगरपालिका महिला विकास अधिकृत माया श्रेष्ठ मुख्य प्रशिक्षक रहनुभएको यस कार्यक्रममा यस विद्यालयका कृषि डिप्लोमा तर्फका तथा अन्य संकायका कक्षा ११ र १२ का विद्यार्थीहरू सहभागी थिए । कार्यक्रममा लैङ्गिकता सम्बन्धी समाजमा रहेका अपेक्षा व्यवहार मूल्य र मान्यता सम्बन्धी कुरामा प्रकाश पार्दै लैङ्गिकताका आधारमा रहेको विभेद अन्त्य हुनुपर्ने कुरा सिकाइयो । यस कार्यशालामा विद्यार्थीहरूले समाजमा लैङ्गिक भूमिका र सामाजिक समावेशीकरण को महत्त्वबारे जानकार भएको बताए । विद्यालयका प्राधानाध्यापक विष्णुकुमारी केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का वडा सदस्य नारायणी पुनको प्रमुख अतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका लैङ्गिक फोकल पर्सन सुशीला सुवेदी विद्यालय व्यवस्थापन समिति सदस्य रामप्रसाद शर्मा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्का लगायत कार्यक्रमका प्रमुख अतिथि तथा प्रधानाध्यापकले लैङ्गिक समानताको महत्त्व विभिन्न विभेदको अन्त्य हुनुपर्ने कुरामा प्रकाश पार्दै यस किसिमका कार्यक्रमले विद्यार्थीमा को अन्त्य भई लैङ्गिक तथा अन्य किसिमका समानता स्थापना हुने कुरा व्यक्त गर्नुभयो। यस किसिमका क्रियाकलाप जीवन उपयोगी र क्षमता अभिवृद्धिका निम्ति महत्वपूर्ण हुने बताउनुभयो।